आजको खेल गुमाएका केएल राहुललाई पुत्री लाभ
मुम्बई । भारतीय क्रिकेट टोलीका विकेटकिपर–ब्याट्सम्यान केएल राहुल र अभिनेत्री अथिया शेट्टी सोमबार आमाबाबु बनेका छन् । यो जोडीले सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानहरूलाई यसबारे जानकारी दिएका हुन् ।
अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट र स्टोरी सेयर गर्दै आफूले छोरीलाई जन्म दिएको बताएकी छिन् । पहिलो सन्तानको जन्मका लागि केएल राहुलले सोमबार भएको लखनउ सुपर जायन्ट्सविरुद्धको दिल्ली क्यापिटल्सको खेल पनि गुमाएका थिए । राहुल दिल्लीका कप्तान हुन् ।
अथिया शेट्टीले नोभेम्बर ८, २०२४, शुक्रबार इन्स्टाग्राममा एक पोस्ट सेयर गरेर आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् । अर्जुन कपूर, टाइगर श्राफ, कियारा आडवाणीलगायत धेरै सेलिब्रेटी र क्रिकेटरहरूले आथिया र केएल राहुललाई आमाबाबु बनेकोमा बधाई दिएका छन् ।
अथिया शेट्टी र केएल राहुलले २३ जनवरी २०२३ मा विवाह गरेका थिए । विवाह अघि दुवै जना करिब ४ वर्षसम्म प्रेम सम्बन्धमा थिए ।
सुनील शेट्टीकी छोरी आथिया शेट्टीले २०१५ मा रिलिज भएको फिल्म हिरोबाट सूरज पंचोलीसँग बलिउडमा डेब्यू गरेकी थिइन् । तर, यो फिल्मले खास केही गर्न सकेन । यसपछि उनी मुबारकां, मोतीचूर चकनाचूर जस्ता केही फिल्महरूमा मात्र देखा परिन्। विवाहपछि आथियाले अहिलेसम्म कुनै नयाँ फिल्म साइन गरेकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण