बंगलादेशमा ‘कू’को तयारी ?
ढाका । बंगलादेशको सेनाले छिटै नै मोहम्मद युनुसको सरकारलाई सत्ताबाट हटाएर ‘कू’ गर्ने तयारी गरिरहेको भन्दै सञ्चार माध्यमहरूले खबर प्रकाशित गरेका छन् । बंगलादेशका सेना प्रमुख वकार उज जमानले सोमबार शीर्ष सेना अधिकारीहरूको आपतकालीन बैठक बोलाएको पनि समाचारमा उल्लेख छ । यसले अस्थिरताको अवधिबाट गुज्रिरहेको बंगलादेशमा आगामी दिनहरूमा केही ठूलो घटना हुने हो कि भन्ने संकेत गरेको छ ।
बंगलादेशी सेना प्रमुखले बोलाएको बैठकमा पाँच लेफ्टिनेन्ट जनरल, आठ मेजर जनरल, स्वतन्त्र ब्रिगेडका कमान्डिङ अफिसर र सेना मुख्यालयका शीर्ष अधिकारीहरू उपस्थित रहेको इन्डिया टुडेले आफ्नो समाचारमा दाबी गरेको छ ।
गत वर्ष अगस्टमा शेख हसिनाको सरकारलाई अपदस्थ गरेपछि मोहम्मद युनुसको नेतृत्वमा गठित अन्तरिम सरकार सत्तामा छ । यद्यपि, बंगलादेशका जनता यो सरकारलाई विश्वास गर्न सकिरहेका छैनन् । बंगलादेशमा अस्थिरताको स्थिति अझै जारी छ ।
सेनाले राजधानी ढाकामा बढायो आफ्नो गतिविधि
समाचार अनुसार सेनाको आपतकालीन बैठकमा देशमा स्थिरता ल्याउन सेनाको भूमिकाबारे छलफल गरिएको थियो । स्रोतहरूका अनुसार सेनाले या त राष्ट्रपतिलाई देशमा आपतकाल लगाउन दबाब दिन सक्छ वा युनुस सरकार विरुद्ध विद्रोह गरेर आफैं सत्ता कब्जा गर्न सक्छ ।
सेनाले आफ्नो निगरानीमा राष्ट्रिय एकताको सरकार गठन गर्ने बारे विचार गर्नसक्ने पनि भनिएको छ । बंगलादेश सेनाले राजधानी ढाकामा आफ्नो गतिविधि बढाएको कारणले पनि कूको चर्चा तीव्र हुँदै गएको हो । संयुक्त सुरक्षा बलले शुक्रबार बिहानैदेखि विभिन्न स्थानमा गस्ती बढाएको छ र चेक पोइन्ट पनि स्थापना गर्न थालेको छ ।
बंगलादेशमा हालैका महिनाहरूमा राजनीतिक दल र विद्यार्थी नेताहरूले पनि सेना विरुद्ध आवाज उठाएका छन् । यस कारण सेनाको एक हिस्सा रिसाएको छ र यी प्रदर्शनकारीहरूलाई दबाउने तयारी गरिरहेको छ । विद्रोहको डरका बीच बंगलादेशको अन्तरिम सरकारका सल्लाहकार मोहम्मद युनुस चाँडै चीनको भ्रमणमा जाँदैछन् । यस्तो अवस्थामा सबैको नजर मोहम्मद युनुसको चीन भ्रमणमाथि टिकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण