सार्वजनिक लेखा समिति सरकारको छाया बन्यो : मोदी
मङ्गलबार, १२ चैत २०८१, १६ : ५५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद तथा सार्वजनिक लेखा समितिका सदस्य अमनलाल मोदीले समिति सरकारको छाया बनेको आरोप लगाएका छन् ।
मंगलबारको समिति बैठकमा उनले पूर्वमन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएका कुलमान घिसिङले अँध्यारो नेपाललाई उज्यालो बनाए पनि वर्तमान सरकारले हटाएर अन्याय गरेको बताए ।
‘सार्वजनिक लेखा समिति सरकारको छाया बनेको छ’, उनले भने, ‘नेपालमा काम गर्न सक्ने मानिस कुलमानजीलाई सरकारले बर्खास्त गरेको छ, म यसको घोर आपत्ति व्यक्त गर्न चाहन्छु । साथै यसमा सबै सांसद र पत्रकारहरूले ध्यान दिनुपर्छ ।’
सांसद मोदीले लेखा समितिमै डेडिकेटेड लाइनको बहस भएको र अहिलेसम्म निर्णय हुन नसकेको अवस्थामा सरकारले कुलमानलाई हटाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण