कुलमानले सोमबारै लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र (पत्रसहित)
काठमाडौँ । सोमबार साँझ बर्खास्तमा परेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसअघि सोमबारै बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्न पत्र लेखेको खुलेको छ।
सरकारले बर्खास्तको निर्णय गर्नुअघि निर्देशक घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउन मार्ग प्रशस्त गर्न आग्रह गर्दै विद्युत नियमन आयोगलाई पत्र लेखेका थिए ।
तर आयोगमा पत्र लेखेकै साँझ सरकारले उनलाई हटाउने निर्णय गरेको थियो।
कुलमानले पठाएको पत्रमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता असुलउपर गर्न विभिन्न मितिमा सम्मानित सार्वजनिक सेवा समिति, सम्मानित अदालतहरू र मन्त्रिपरिषदबाट समेत निर्णय भई सोहीअनुसार असुली गर्न किस्ताबन्दीमा महसुल भुक्तानी गर्ने सुविधा उपलब्ध गराउँदासमेत बक्यौता महसुल असुली हुन नसकेपछि अन्तिम विकल्पको विद्युत् लाइन काट्न अनुमति आवश्यक छ' पत्रमा उल्लेख छ ।
यस्तो छ कुलमानले लेखेको पत्र




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण