एएफसी एसिया कप छनोट : मलेसियासँग हार्यो नेपाल
काठमाडौँ । एएफसी एसिया कप छनोट खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । सोमबार सुल्तान इब्राहिम स्टेडिममा भएको खेलमा नेपाल ०-२ गाेलले हारेको हो ।
पहिलो हाफमा मलेसियाले खेलमा पूर्ण नियन्त्रण राखेको थियो । सुरुवातदेखि नै नेपालको पोस्टमा आक्रमण गरेको मलेसियाले पहिलो गोलका लागि २९ मिनेटसम्म पर्खनुपरेको थियो ।
हेक्टर हेभलले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनको यो डेब्यू खेल पनि हो । उनी पोर्चुगिज क्लब पोर्टिमोनेसेबाट व्यावसायिक फुटबल खेल्छन् ।
दोस्रो हाफमा पनि मलेसियाले नेपालमाथि दबाब कायम नै राख्यो । ७१ औँ मिनेटमा लाभेर कोर्बिन–ओङले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि भने कुनै गोल हुन सकेन ।
सन् २०२७ को एसिया कप साउदी अरबमा हुँदैछ । आजदेखि तेस्रो चरणको छनोट खेलहरू भइरहेका छन् ।
यसमा विभिन्न देशहरुलाई ६ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४ वटा टोली छन् । हरेक समूहको विजेता प्रतियोगिताको लागि छनोट हुनेछ ।
नेपाल मलेसियासँगै समूह एफमा रहेको छ । यो समूहमा भियतनाम र लाओस पनि छन् । भियतनामले लाओसलाई ५–० गोलले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण