नेपाल नेत्र ज्योति संघको ४७ औँ स्थापना दिवसका अवसरमा रौतहटमा विभिन्न कार्यक्रमको आयोजना
रौतहट । विभिन्न कार्यक्रमको आयोजना गरी रौतहटमा पनि नेपाल नेत्र ज्योति संघको ४७ औँ स्थापना दिवस मनाइँदै छ। “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी आँखा सेवामा जिम्मेवारी” भन्ने मूल नाराका साथ नेपाल नेत्र ज्योति संघ आफ्नो ४७ औँ स्थापना दिवस जिल्ला सदरमुकाम गौरमा भव्यताका साथ मनाउन लागिएको हो।
नेपाल नेत्र ज्योति संघद्धारा सञ्चालित गौर आँखा अस्पताल पुरेनवाको आयोजनामा आज बिहान गौरमा प्रभातफेरी निकालिएको छ। गौर स्थित विपी चौकबाट सुरु भएको प्रभातफेरीमा जनसमुदायमा “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी आँखा सेवामा जिम्मेवारी” नारालाई आत्म साथ गरेर अघि बढ्ने सन्देश समाजमा प्रवाह गर्ने जकर्को गरिएको थियो।
प्रभातफेरी कार्यक्रममा नेपाल नेत्र ज्योति संघ रौतहटका अध्यक्ष विजय सिंह, सचिव बच्चा यादव, पूर्व अध्यक्ष दुर्गा राय यादव, नेता रेबन्त झा, आँखा अस्पतालका प्रशासन प्रमुख नागेश्वर चौधरी, लेखा अधिकृत पवन न्यौपाने, नेत्रज्योती संघका पदाधिकारीहरू, अस्पतालका डाक्टर, प्राविधिक, संचारकर्मी, लगायतको सहभागिता रहेको थियो। तुल ब्यानर सहित गौर आँखा अस्पतालसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने विभिन्न क्षेत्रका व्याक्तित्वहरु प्रभातफेरी अन्तर्गत गौर नगरको परिक्रमा गरेर राईस मिल्सको मैदानमा भेला भएर सम्पन्न भएको थियो।
नेपाल नेत्र ज्योति संघ द्वारा आँखा अस्पताल पुरेनवा गौर सञ्चालन भएको २०५४ साल पुस महिनादेखि गत माघ मसान्तसम्म १ लाख, ९३ हजार ६८३ जना मोतीबिन्दु लगायत विभिन्न रोगबाट ग्रसित बिरामीको सफलता पूर्वक आँखाको अपरेशन सहित कुल १८ लाख ८८२ जना आँखा रोगका बिरामीहरूको उपचार गरिएको अस्पतालले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
-
रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण