सत्तापक्षीय दलको बैठकमा उपेन्द्र यादव पनि सहभागी
बुधबार, १३ चैत २०८१, ११ : ५३
काठमाडौँ । बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेर अघि बैठक सुरु भएको हो ।
बैठकमा बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव,जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।
बैठकमा भूमिसम्बन्धि अध्यादेशसहित विचाराधीन विधेयकहरूका बारेमा छलफल हुने बताइएको छ । यसअघि मंगलबारको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नहुँदा एजेन्डामै बैठक प्रवेश गर्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण