वैकल्पिक राजनीति भनेको पुरानो बाली लगाउनु होइन: डा भट्टराई
काठमाडौँ । नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले ‘नयाँ बीउ रोपेर नयाँ फल फलाउनु’ नै वैकल्पिक राजनीति भएको बताएका छन् ।
बुधबार नेसपा नयाँ शक्ति लुम्बिनी प्रदेशद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘वैकल्पिक राजनीति भनेको पुरानो बाली लगाउनु होइन, बरु नयाँ बीउ रोपेर नयाँ फल फलाउनु हो।’ उनले नयाँ सोचका साथ राजनीति गर्नु पर्ने आवश्यकता समेत औँल्याए ।
भट्टराईले स्थिर सरकारको अपरिहार्यता जोड दिँदै शिक्षा प्रणालीको अप्रतिफल, बेरोजगारी र विदेशी निर्भरता हटाउनका लागि दूरगामी सोचयुक्त नीति निर्माणको आवश्यकता औँल्याए।
कार्यक्रममा बोल्ने अन्य वक्ताले पार्टीले केन्द्रीय समिति सदस्यतामा २५ प्रतिशत ४० वर्ष मुनिका युवालाई समेटेर युवा नेतृत्वको महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको उल्लेख गरे। युवाहरूलाई सशक्त रूपमा राजनीतिमा सहभागी गराएर मात्र मुलुकको स्थिरता र समृद्धि सम्भव हुने उनीहरूको भनाइ थियो।
कार्यक्रममा सहभागी युवाहरूले समेत नेपालमा स्थिर सरकार, नीतिगत सुधार, र जिम्मेवार नेतृत्वको आवश्यकता रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण