‘एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक’
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताएका छन् ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीले एउटा व्यक्तिलाई देवत्वकरण गर्ने काम गरेको र त्यसलाई जोडेर प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताएका हुन् ।
विपक्षी दलले नियोजित रूपमा संसदलाई अवरोध सिर्जना गरेको उनको आरोप छ । बर्तौलाले सरकारले आवश्यक ठान्दा नियुक्ति वा कारबाही गर्नु सामान्य विषय भएकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उचित नभएको बताए । उनले यस विषयमा सरकारका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिन सक्ने तर प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागबाट विपक्षी पछि हट्नुपर्ने धारणा राखे ।
उनले कानुन बमोजिम भएका कुरालाई आन्दोलनको विषय बनाउन नहुने र कुनै असन्तुष्टि भए अदालतको ढोका खुला रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण