अब एमआरपी नराखी कुनै पनि वस्तु बिक्री गरे कारबाही हुने

काठमाडौँ । बजार बिक्री गरिने सम्पूर्ण वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी बिक्री गरे अब कारबाही हुने जनाएको छ ।
बजारमा खुलमखुला रूपमा एमआरपी नराखी वस्तु बिक्री वितरण गरेको भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्ने भएको हो ।
बुधबार विभागमा पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक कुमारप्रसाद दहालले नियमित रूपमा अनुगमन गर्ने र एमआरपी मूल्य नराखी तथा लेबल नराख्ने रिलेबलिङ गर्ने व्यापारीलाई कारबाही हुने जानकारी दिए ।
‘मंगलबार काठमाडौँ उपत्यकाका निर्माण सामग्री बिक्रेता कम्पनीहरूकहाँ अनुगमनमा जाँदा एमआरपी नराखी बिक्री गरेको विभागले फेला पारेको छ,’ उनले भने, ‘उनीहरूले अनुगमन हुन्छ भन्ने जानकारी नभएको पनि बताएका छन् । हाम्रो नियमित, आकस्मिक र संयुक्त अनुगमन हुँदै आएको छ । व्यापारीलाई तर्साउन होइन स्वच्छ र प्रतिस्पर्धी बजार बनाउने सन्दर्भमा अनुगमन गर्ने हो ।’
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा लेवलमा सर्वसाधारणले बुझ्ने गरी उल्लेख गर्नुपर्ने व्यवस्था छ । साथै नेपालभित्र उत्पादन भएका वस्तुहरू भए उत्पादकले र आयात गरिएका वस्तुहरू भए आयातकर्ताले नेपाली वा अंग्रेजी भाषामा अधिकतम खुद्रा बिक्री मूल्य लेख्नुपर्ने उल्लेख छ । त्यसबाहेक अन्य वस्तु बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था छ । तर उपभोक्ता संरक्षण ऐन २०७५ र अन्य प्रचलित कानुनविपरीत केही उत्पादक र पैठारीकर्ताहरूले विनालेबलका उत्पादन बजारमा खुला बिक्री वितरण गरेको विभागको अनुगमनबाट पाइएको बताएका छन् ।
ऐनको भावना मर्मविपरीत अब उप्रान्त काम गरे कारबाही हुने उनको भनाइ छ । ‘कुनै पनि स्वदेशी उत्पादक र पैठारीकर्ताले लेबलमा उत्पादकको नाम र ठेगाना,दर्ता नम्बर, उत्पादन मिति,उपभोग गरिसक्नुपर्ने मिति अधिकतम खुद्रा बिक्री मूल्य परिमाण तौल गुणस्तर उल्लेख गरिनुपर्ने छ,’ उनले भने, ‘उल्लिखित विवरण र सोमा हुनुपर्ने विवरण उल्लेख गरी बिक्री वितरण गर्न अनुरोध छ ।’
विनालेबलका वस्तुहरू बजारमा बिक्री वितरण गर्न राखिए प्रचलित कानुन बमोजिम सजाय हुनेसमेत उनले बताए । ‘लेबल नराखी वस्तु बिक्री गरेको पाइएमा कानुनी कार्बाहीको दायरामा ल्याउँछौँ ,’ उनले भने,‘अवस्था हेरी जरिवाना लगाउने, वस्तु जफत गर्नेलगायत कारबाही गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे
-
यी हुन् वाईसीएलका नवनिर्वाचित ५२ पदाधिकारी
-
कैलालीमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते