सर्लाहीको गेस्ट हाउसमा भारतीय महिला मृत फेला, सुसाइड नोट भेटियो
सर्लाही । सर्लाही सदरमुकाम मलंगवा–९ स्थित बालमन्दिर चोकको ताज गेस्ट हाउसमा भारतीय महिला मृत फेला परेकी छन् । भारतको राजधानी दिल्लीस्थित उत्तरपूर्वी सुदामापुरीकी २८ वर्षीय आरती कुमारी बुधवार दिउँसो १ देखि २ बजेको बिचमा गेस्ट हाउसको कोठामा पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।
गेस्ट हाउसका कर्मचारीहरूले बिहान १० बजे खाना खाएपछि कोठामा गएकी आरती लामो समयसम्म बाहिर ननिस्किएपछि शंका गर्दै झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हरिवन नगरपालिका–११ का मो. सेराज नामक व्यक्तिले चैत ११ गते गेस्ट हाउसको कोठा नं. १०९ आफ्नो नाममा बुक गरी ती महिलासँग बस्दै आएका थिए । प्रत्यक्षदर्शीका अनुसार, सेराज नामक व्यक्ति पछिल्ला तीन दिनदेखि आरतीलाई भेट्न गेस्ट हाउस आइरहेका थिए र उनी आज बिहान पनि मृतकसँग भेटेर फर्किएका थिए ।
प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ। विवाहित आरती दिल्लीबाट मलंगवा किन आइन् र सेराजसँगको सम्बन्ध के थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण