लिग चरणको अन्तिम खेलमा पुलिसले आर्मीलाई दियो १४९ रनको लक्ष्य, कप्तान दीपेन्द्रको अर्धशतक
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार जारी खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई जितका लागि एक सय ४९ रनको लक्ष्य दिएको छ ।
भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४१.४ ओभरमा अलआउट हुनुअघि एक सय ४८ रनमात्र बनाउन सक्यो । यी दुवै टोलीले आफ्नो अन्तिम खेल खेलिरहेका हुन् ।
पुलिस क्लबले यसअघि आफूले खेलेको आठवटै खेलमा जित हात पारेको छ । पुलिस क्लब जारी प्रतियोगितामा सबै खेल जित्ने एकमात्र टोली पनि हो । पुलिस क्लब यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।
आर्मी क्लब १४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आर्मीले यसअघि खेलेको आठमध्ये सात खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । एपीएफ क्लब १४ अंकसहित तेस्रो स्थानमा छ । एपीएफ क्लबले नौमध्ये सात खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।
आर्मीविरुद्धको खेलमा पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले मात्र गतिलो प्रदर्शन गर्न सके । उनले अर्धशतकीय पाली खेले । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रले केवल ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतले ५० रन बनाए ।
आरिफ शेखले २२ रन बनाए । गुलसन झा १७ रन बनाउँदै पेभेलियन फर्किए । सागर ढकाल १६ रनमा अविजित रहे । अर्जुन साउदले १३ रन बटुले । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिस क्लबले अतिरिक्त रुपमा पनि ११ रन पायो । आर्मी क्लबका बलर साहब आलम एक्लैले चार विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै ३१ रन खर्चिए । नरेन साउदले पनि तीन विकेट हात पारे । कुशल मल्ल र भीम सार्कीले पनि एक–एक विकेट कुम्ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण