राष्ट्रिय परिचयपत्र बनाउन गएका वृद्धको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु
बिहीबार, १४ चैत २०८१, १५ : ०३
सल्यान । सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका–७ टाट्केका ७० वर्षीय टिकाराम वली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहीबार बिहान ११ बजेतिर उनी राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासनमा पुगेका थिए।
कार्यालय बाहिर गेट नजिकै उनी लडेर गम्भीर घाइते भएको प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । उनको टाउकोमा चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो । उपचारकै क्रममा दिउँसो सल्यान अस्पतालले वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण