राष्ट्रिय परिचयपत्र बनाउन गएका वृद्धको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु
बिहीबार, १४ चैत २०८१, १५ : ०३

सल्यान । सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका–७ टाट्केका ७० वर्षीय टिकाराम वली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहीबार बिहान ११ बजेतिर उनी राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासनमा पुगेका थिए।
कार्यालय बाहिर गेट नजिकै उनी लडेर गम्भीर घाइते भएको प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । उनको टाउकोमा चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो । उपचारकै क्रममा दिउँसो सल्यान अस्पतालले वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति