ढलेको राजतन्त्र फर्कन सम्भव छैन, जनता गणतन्त्रप्रति गौरव गर्छन् : विप्लव
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रविरुद्ध सामन्ती तत्त्वहरूले षड्यन्त्र गरिरहेको भन्दै नेपाली जनताले अग्रगमन कि पश्चगमन भनेर रोज्ने बेला भएको बताएका छन् ।
शुक्रवार भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले गणतन्त्र आएपछि केही मान्छेहरूको उठीबास भएको बताए । उनले दुई वटा दुस्मनविरुद्ध सँगै लडेको भन्दै सामन्तवादको बन्धनलाई नेपाली जनताले उठ्नै नसक्ने गरी परास्त गरेर गणतन्त्र आएको बताए ।
‘जसले हारे, सत्ता गुमाए, स्वर्गको आनन्द भङ्ग भएको महसुस गरे उनीहरू विदेशी शक्तिको आडमा गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको छ’, विप्लवले भने– ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन्, केही मान्छे प्रतिगामीहरू राजतन्त्र फर्काउन प्रयास गरिरहेका छन् हामीलाई सामन्तीहरूको खाँचो छैन ।’ नेता विप्लवले गणतन्त्रवादीहरुले आफ्ना कमजोरी सच्च्याउँ अघि बढ्नुपर्नेमा जोड दिए । उनले समाजवादले मात्र किसान, युवा विद्यार्थीका समस्या समाधान गर्ने भन्दै भइरहेका खेलहरूबाट विचलित हुन आवश्यक नभएको बताए ।
‘नेपालमा ढलेको ध्वस्त भएको शासन आउन सम्भव छैन’, उनले भने, ‘धेरै मच्चिन जरुरी छैन मच्चिए थच्चिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण