एन्जिलाले भनिन्, ‘आमासँगै फिल्म हेरेर रुने हो’
काठमाडौँ । फिल्म ‘अञ्जिला’ की अभिनेत्री तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फिल्म हेरेर दर्शक रोएको देख्दा आफू भावुक हुने गरेको बताएकी छन् । शुक्रबार ग्रिसबाट केही दिनका लागि काठमाडौँ आएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै दर्शकको मायाले आफूलाई तानेर नेपाल ल्याएको धारणा राखिन् ।
‘फिल्म प्रति दर्शकले देखाएको मायाले गर्दा म ग्रिसबाट छोटो समय मिलाएर आएकी हुँ’, उनले भनिन् ‘समाचारमा फिल्म हेर्दै दर्शक रोएको देख्दा म निकै भावुक हुन्थेँ ।’ उनले दर्शकले फिल्म प्रति देखाएको मायाको आभार व्यक्त गर्न आफू नेपाल आएको सुनाइन् ।
अहिलेसम्म फिल्म नहेरेकी उनले फिल्म आफ्नो आमासँग बसेर हेर्ने बताइन् । उनले आमाले पनि फिल्म नहेरेको उल्लेख गर्दै भनिन् ,‘आमाले फिल्मका बाहिर आएको छोटो क्लिप हेर्दै रुन आयो छोरी । फिल्म हेर्न सक्दिन भनेर जान सकेकी छैन भन्नु भयो । अब आमाछोरीसँगै हेर्छौँ ।’
‘आमासँगै फिल्म हेर्ने हो । रुन आए आमाछोरी सँगै रुने हो’ उनले थपिन् । आफ्नो कथाको फिल्म नेपालमा रिलिज भएको ग्रिसमा आफूसँगै खेल्ने खेलाडीहरू र क्लबका अध्यक्षलाई समेत थाहा भएको बताउने उनी क्लबका अध्यक्षले नै पठाएर नेपाल आएको सुनाइन् ।
विदेशमा रहँदा आमालाई धेरै मिस गरेको बताउने उनले एउटा घर बनाएर परिवारलाई राख्ने सपना रहेको सुनाइन् । ‘फिल्म युनिटले घर बनाइदिने कुरो छ । त्यो घरमा परिवार सार्न पाएपछि सुख मिल्छ’ उनले भनिन् ।
विमान स्थलमा एन्जिलालाई स्वागत गर्न गएका फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले एन्जिलासँग सल्लाह गर्दै घर निर्माणमा छिट्टै जुट्ने बताए ।
एन्जिलाको शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक भेट्नेछिन् । आइतबारदेखि भने पूर्वी तथा पश्चिम नेपालका हलहरूमा पुग्नेछिन् । उनी पोखरा, नेपालगन्ज, बिर्तामोड, धरान, इटहरी, चितवन र दाङका हलहरूमा पुगेर दर्शकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको फिल्मका निर्देशक मिलन चाम्सले बताए ।
हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही दिनमै पुनः ग्रिस फर्किनेछिन् ।
एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको फिल्ममा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण