आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आठौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु विजयी भएको छ । रोयल च्यालेन्जर्सले चेन्नई सुपर किंग्सलाई ५० रनले हरायो ।
सुरु व्याटिङ गरेको रोयल च्यालेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९७ रनको चुनौति पेश गरेकामा जवाफी मैदानमा उत्रिएको चेन्नई १४६ रनमै समेटियो । टस जितेर चेन्नईले पहिले फिल्डिङ रोजेपछि सुरु व्याटिङ गरेको रोयल च्यालेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
रोयलका लागि रजत पाटीदारले ५१ रनको योगदान दिए भने ओपनर फिल साल्टले ३२ तथा विराट कोहलीले ३१ रन जोडेका थिए । बलिइतर्फ चेन्नईका नूर अहमदले ३ विकेट लिंदा मथिशा पथिरानाले २ विकेट हात पारे ।
जवाफी व्याटिङका क्रममा चेन्नई सुपर किंग्सका ओपनर रचिन रविन्द्रले ४१ रन जोड्दा महेन्द्र सिंह ध्वनीले अविजित ३० रनको योगदान दिए । रविन्द्र जडेजाले २५ रन बनाउँदा शिवम दुबेले १९ रन जोडे ।
बलिङतर्फ रोयल च्यालेन्जर्सका जोश हेजलउडले ३ विकेट लिंदा यश दयाल र लियम लिभिङ्सटनको नाममा २–२ विकेट रहयो । लगातार दोस्रो जितसँगै रोयल च्यालेन्जर्स स्पस्ट ४ अंककासाथ अंक तालिकाको शीर्ष स्थानमा छ । सातौं स्थानमा रहेको चेन्नईको २ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण