वीरगन्ज महानगरपालिका-१६ मा महिलाको शव फेला
काठमाडाैँ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ । शनिवार बिहान फेला परेको मृतकको पहिचान वीरगन्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको रूपमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जङ्गली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतकको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार शनिवार बिहानै शव देखिएपछि इलाकामा त्रास फैलिएको थियो ।
प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको र आसपासका क्षेत्रमा सोधपुछ तथा प्रमाण संकलन गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण