पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनीविरुद्ध बनेपामा विरोध सभा
काभ्रे । पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रे शाखाले बनेपामा विरोध सभा गरेको छ ।
चैत १५ गते काठमाडौँमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा भएको पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडको विरोधमा महासङ्घले बनेपामा सभा गरेको हो । विरोध र्याली बनेपाको चारदोवाटो हुँदै चाँदनीचोक पुगेर सभामा परिणत भएको थियो ।
सभामा महासंघका पूर्वअध्यक्षहरू भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका पूर्व अध्यक्ष रोजन तामाङ,फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, सञ्चारीका समूह काभ्रेका अध्यक्ष सुनिता सापकोटा, राष्ट्रिय फोटो पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष केशवराज पौडेल, सामुदायिक रेडियो प्रसारक मञ्चका जिल्ला संयोजक रमेश न्यौपाने , नेपाल तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष लोकबहादुर तामाङलगायतले प्रेसमाथि भएका आक्रमण र हत्याको भर्त्सना गर्दै स्वतन्त्रतापूर्वक सञ्चारकर्म गर्ने अवस्था सृजना गर्न अनुरोध गरेका थिए ।
अध्यक्ष विनोद कुमार न्यौपानेले पत्रकार सुरेश रजकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सञ्चारकर्मीको आवाज जति दबाउने कोसिस गरेपनि संचारकर्मीका कलम नरोकिने र बरु आवाज अझै बुलन्द हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण