प्रहरीसँगको मुठभेडमा १६ जना संदिग्ध नक्सलवादी मारिए
छत्तीसगढ । छत्तीसगढको सुकमा जिल्लामा प्रहरीसँगको मुठभेडमा १६ जना संदिग्ध नक्सलवादीहरू मारिएका छन् । प्रहरीले मारिएका नक्सलवादीहरूको संख्या बढ्न सक्ने बताएको हो ।
सुकमामा भएको यो घटना यस्तो समयमा भएको हो जब प्रधानमन्त्री नरेन्द्र मोदी एक दिन पछि छत्तीसगढको भ्रमणमा जाँदैछन्। बस्तर प्रहरी प्रवक्ताले शुक्रबार सीआरपीएफ र जिल्ला रिजर्भ गार्डको संयुक्त टोली नक्सलवादीहरूविरुद्ध अपरेसनको लागि निस्केको जानकारी दिए । शनिबार बिहान ८ बजेतिर केरलापाल क्षेत्रमा विद्रोहीहरूसँग उनीहरुको मुठभेड भएको थियो।
यस भिडन्तमा अहिलेसम्म १६ नक्सलवादीको शव बरामद भएको प्रहरीले दाबी गरेको छ। घटनास्थलबाट ठूलो मात्रामा एके-४७, एसएलआर, इनसास राइफल, रकेट लन्चर, बीजीएल लन्चर र विस्फोटक पदार्थ बरामद गरिएको छ।
यस भिडन्तमा दुई जिल्ला रिजर्भ गार्ड जवान पनि घाइते भएका छन्। यद्यपि, उनीहरूको अवस्था सामान्य र खतरामुक्त छ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण