मतदान हुन नपाउँदै पाटन क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
काठमाडौं । पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन विथोलिएको छ । आज बिहान ८ बजेदेखि मतदान हुने भनेर सूचना जारी गरिएको थियो । तर, दिउँसोसम्म मतदान सुरू नभएपछि मतदानको कार्यक्रम स्थगित भएको हो ।
आजका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो । तर, हिजो राती नै नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका थिए । तालाबन्दीकाबीच मतदान गर्न विद्यार्थीहरू विहानैदेखि लाईनमा बसेपनि दिउँसोसम्म मतदान सुरू हुन नसकेपछि अनेरास्ववियुले कोणसभा गर्दै हार्ने डरले चुनावबाट भाग्न खोजेको आरोप लगाएको छ ।
यसअघि चैत ५ गते १०० भन्दा बढी विद्यार्थीले मतदान गरिसकेपछि मतदान प्रकृया स्थगित भएको थियो । स्थगित भएको मतदान आजका लागि तोकिएको थियो । तर, नेविसंघलगायतका विद्यार्थी संगठनहरूले सुरक्षाको कारण देखाउँद तालाबन्दी गरेका थिए ।
रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा समेत आजकै लागि तोकिएको निर्वाचन स्थगित भएको थियो । हिजो काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि आरआरको निर्वाचन स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण