राजावादीको हिंसात्मक प्रदर्शनः रोयल टास्क फोर्सका राजभण्डारी पक्राउ
शनिबार, १६ चैत २०८१, १४ : ४९
काठमाडौँ । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनलाई हिसांत्मक बनाउन भूमिका खेलेको आरोपमा मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । राजभण्डारी रोयल टास्क फोर्सका कमाण्डर हुन् ।
प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । उनी नेपाली सेनाका पूर्व क्याप्टेन पनि हुन् ।
घटनालाई हिंसात्मक बनाउन उक्साएको आरोप प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु, सन्तोष तामाङ र आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडालाई पक्राउ गरिसकेको छ । आन्दोलनको कमाण्डरको जिम्मेवारी पाएका दुर्गा प्रसाईं भने फरार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण