गायक अमर जिसी : छिट्टै आउने आश देखाए, तर बाकसमा आए
गुल्मी– श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’, भनेका ३० गायक समेत रहेका वर्षीय अमर जिसीको मंगलबार घरमा वाकसमा शव आउँदा उनका परिवारसहित सिंगो शोकमग्न बन्यो ।
धुर्कोट गाउँपालिका वडा नम्वर ३ , साविकको हाडहाडे १, वर्दवासका अमर जिसीको ४३ दिन अघि साउदी अरवमा मृत्यु भएको थियो । साउदी अरब पुगेको एक वर्ष नपुग्दै उनको मृत्यु भएको हो । ‘मृत्यु हुनु दुई साताअघि मात्रै उनले स्वास्थ्य ठीक हुँदै गएकाले छिट्टै फर्कने बताएका थिए’, श्रीमती सरस्वता घर्तीले भक्कानिदै बताइन् ।
लोकगायनका साथै अमर मोडलिङ्ग क्षेत्रमा समेत सक्रिय रहेका थिए । कमाएर सांगितिक क्षेत्रमा स्थापित हुन कै लागि उनी वैदेशिक रोजगारमा गएको बताइएको छ ।
उनले अन्तिम एल्वमको नाम नै ‘अन्तिम सम्झना’ राखेका थिए । दुर्भाग्य, उनको वास्तविक जीवनमा नै त्यस्तै भयो ।

जिसीले मृत्युको अघिल्लो दिन पनि श्रीमतीलाई ‘भ्वाईस म्यासेज मार्फत मलाई ठिक भइसक्यो, भोलि आँखाको अप्रेशन गर्न डाक्टरले बोलाएका छन्, केहि पिर नगुर्न’ भन्दै सन्तवाना दिएका थिए । छोरा छोरीलाई कुनै कुरामा दुख नदिनु, तिमीले पनि धेरै दुख नकाट्नु, पैसा पठाइहाल्छु र धेरै बस्दिन अव छिट्टै आउँछु भन्दै श्रीमतिलाई मिठा सपना देखाउँदै आएका जिसीको ४३ दिन अघिको पछिल्लो १२ घण्टा पछि सधैका लागि फोन स्वीचअफ भयो ।
मृत्युको अघिल्लो दिन साँझसम्म फेसवुक लाईभमा उनले गीत समेत आफ्ना दर्शक श्रोतालाई छाडेर गएका छन् । जिसी अमर कसैको आँखामा नबिझाउने मिलनसार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण