दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
काठमाडौँ । पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा आयोजित प्रदर्शन दुर्गा प्रसाईंको कारण हिंसात्मक बनेको सुरक्षा विश्लेषण छ । प्रदर्शनको कमान्डर मध्येका संयोजक दुर्गा प्रसाईं आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि स्थिति हिंसात्मक बनेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं अहिले फरार छन् । प्रदर्शनस्थलबाट स्कोर्पियोमा चढेर हिँडेका उनी शनिवार साँझसम्म फेला परेका छैनन् ।
प्रहरीले उनको राहदानी कालोसूची ‘ब्ल्याकलिस्ट’मा राख्ने तयारी गरेको छ । अध्यागमन विभागको रेकर्डमा ब्ल्याकलिस्ट गरेपछि यात्रुले अन्तर्राष्ट्रिय सिमानामा आउजाउ गर्दा थाहा हुन्छ र पक्राउ गर्न सहज हुन्छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्, ‘प्रसाईं फरार छन्, अन्तर्राष्ट्रिय सिमामा उनको आवागमनमा हामी रोक लगाउँछौँ ।’
आइतबार उनको पासपोर्ट कालोसूचीमा राख्ने गरी अध्यागमन विभागलाई पत्राचार गरिने अनुसन्धान अधिकृतहरू बताउँछन् । प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको चैत १५ गतेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जन र पत्रकार सुरेश रजक छन् ।
प्रदर्शनको नेतृत्वकर्ता मध्येका नवराज सुवेदीसहित १० जना अहिले प्रहरीको नियन्त्रणमा छन् । उनीहरूलाई प्रहरीले फौजदारी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण