आईपीएलको नवौं खेलमा गुजरात विजयी, पहिलो जित दर्ता गर्ने मुम्बई इन्डियन्सको योजना विफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को नवौं खेलमा गुजरात टाइटन्स विजयी भएको छ । गुजरातले मुम्बई इन्डियन्सविरुद्ध ३६ रनको जित निकालेको हो ।
टस हारेर पहिले व्याटिङ गरेको गुजरातले जितका लागि १९७ रनको चुनौति पेश गरेकामा मुम्बई इन्डियन्स १६० रनमै समेटियो । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा मुम्बईका लागि सूर्यकुमार यादवले ४८ तथा तिलक वर्माले ३९ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै अंक स्कोर जोड्न सकेनन् । मुम्बईलाई ६ विकेटको क्षतिमा १६० रनमै समेट्न गुजरातका प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले दुई-दुई विकेट लिए ।
सुरु व्याटिङ गरेको गुजरातले ८ विकेटको क्षतिमा १९६ रन बनाएको थियो । गुजरातका लागि सुरुवाती व्याट्सम्यान सुदर्शनले अर्धशतक बनाए । उनले ४१ बलमा ६३ रन जोड्ने क्रममा ४ चौका र २ छक्का हिर्काए । उनी र कप्तान शुभमन गिलको जोडी निकै बेर जम्यो ।
गिलले २७ बल खर्चिएर ३८ रन बनाए । जोस बट्लरले २४ बलमा ३९ रन बनाए । यस्तै, सेरफान रदरफोर्डले १८ रनको योगदान दिए । प्रतिबन्धपछि मुम्बईमा पुनरागमन गरेका कम्पतान हार्दिक पाण्ड्याले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिदा २ विकेट लिए ।
सत्यनारायना राजुको पोल्टामा पनि दुई विकेट पर्यो । ट्रेन्ट बोल्ट, दीपक चहर र मुजिब उर रहमानले एक–एक विकेट लिए । यो गुजरातका लागि पहिलो जित हो । मुम्बईको पनि पहिलो जित हासिल गर्ने योजा थियो, जुन विफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण