निर्वाचन समितिको खारेजीको माग गर्दै धादिङको नीलकण्ठ क्याम्पसमा तालाबन्दी
काठमाडौँ । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका छन् । स्ववियु निर्वाचन समिति खारेजीको माग गर्दै दुई संगठनले क्याम्पस प्रमुख, व्यवस्थापन समिति अध्यक्ष र निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् ।
नेविसंघको तालाबन्दीका कारण चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन हुन सकेको थिएन भने निर्वाचन संयोजकले पदबाट राजीनामा दिएका थिए । नेविसंघको आन्तरिक विवादका कारण क्याम्पस प्रशासन र सञ्चालक समितिले निर्वाचन समिति संयोजकलाई राजीनामा दिन बाध्य पारिएको उनीहरूको आरोप छ । निर्वाचन संयोजकले राजीनामा दिएपछि स्ववियु निर्वाचन अनिश्चित बनेको थियो ।
त्यसपछि चैत १९ गते स्ववियु निर्वाचन गराउने भन्दै पुरानै निर्वाचन संयोजकलाई पुनः संयोजकको जिम्मेवारी दिइएको थियो ।
अनेरास्ववियु र क्रान्तिकारीले निर्वाचन समितिको निष्पक्षता र पारदर्शीतामाथि प्रश्न उठाउँदै तालाबन्दी गरेको हो ।
स्ववियु निर्वाचनका लागि यसअघिकै निर्वाचन संयोजकलाई पुनः संयोजकको जिम्मेवारी दिएर समिति निष्पक्ष हुन नसकेको उनीहरूको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण