मिलन नेवारले ल्याइन् नयाँ गीत ‘तिमी टाढा छौ’
काठमाडौँ । गायिका मिलन नेवारको नयाँ गीत ‘तिमी टाढा छौ’ सार्वजनिक गरिएको छ ।
गायिका नेवारले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् ।
राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतको भिडियोमा मिलन नेवार, रामचन्द्र अधिकारी (गोक्ते काजी), राजनराज शिवाकोटी र बालकलाकार परिना भण्डारीको अभिनय छ । बाल कलाकार परिनाको यो डेब्यु अभिनय हो ।
गीतमा आमाले सानी छोरी छोडेर वैदेशिक रोजगारीमा गएपछिको सन्दर्भलाई देखाइएको छ । राजुजँग बस्नेतको कथा एवं निर्देशनमा तयार भिडियोमा आमा–छोरी र हजुरबुवाको सम्बन्धलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा अमृत सुनुवारको छायांकन, निर्देशक बस्नेतकै सम्पादन छ ।
केही समयमा नै ‘सुनसान रात २ – भाग २’को ‘बिर्सिदे भन्छ्यौ’ पनि रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । गीतमा ‘तिमी टाढा छौ’मा देखाइएको बिछोड पछाडिको रहस्यलाई देखाइने जनाइएको छ ।
<>
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण