माओवादीले सदनभित्र गणतन्त्रविरुद्ध ढुङ्गा हान्नेहरूसँग कुम जोड्यो : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने कामले प्रमुख प्रतिपक्षीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका छन् ।
आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रका विरुद्ध ढुङ्गा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका हुन् ।
मुलुकमा प्रकट भएका गम्भीर विषयहरूलाई सदनमा गम्भीर रूपमा छलफल गरेर पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनले बताए ।
उनले एउटा कर्मचारीका बारेमा प्रधानमन्त्रीको जवाफ माग गर्दा प्रधानमन्त्री तयार भए पनि सदन अवरुद्ध गरेर प्रतिस्थापन विधेयक पारित नगर्ने दाउपेचमा माओवादी रहेको तर्क गरे ।
उनले शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानुन बमोजिम कारबाही गर्नुपर्ने स्पष्ट पारे । पूर्वराजालाई दिएको सबै सेवा सुविधा फिर्ता लिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण