राजावादीको आन्दोलनमा सरकारी गाडी जलेपछि कर्मचारी निलम्बन, छानबिन समिति गठन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्मचारी निलम्बन गरेको छ ।
चैत १५ गते शुक्रबार राजावादीहरूको आन्दोलनका क्रममा श्रम मन्त्रालयअन्तर्गत दुई वटा गाडी जलेका थिए । ती गाडी चलाउने र गाडीमा सवार कर्मचारीहरूलाई श्रम मन्त्रालयले निलम्बन गरेको हो । साथै मन्त्रालयले उक्त प्रकरणबारे अध्ययन गर्न एक समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको सहायक प्रवक्ता मेघनाथ रिमालले जानकारी दिए ।
उक्त समितिलाई १५ दिनभित्रमा गाडीको क्षति यकिन गर्नुका साथै आवश्यक कारबाहीका लागि विषयमा अध्ययन गरेर प्रतिवेदन पेस गर्न भनिएको छ ।
आन्दोलनका क्रममा सामाजिक सुरक्षा कोषको बीएए ६७२४ नम्बरको गाडी र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीको डीएबी ३८६७ नम्बरको गाडीमा आगजानी गरिएको थियो । जसका कारण दुवै गाडी पूर्ण रूपमा ध्वस्त भएका थिए । उक्त प्रकरणपछि श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करले छानबिन समिति गठन गर्दै कर्मचारीलाई निलम्बन गरेका हुन् ।
समितिमा सहसचिव कोइरालासहित सदस्यहरूमा उपसचिव एवं सहायक प्रवक्ता रिमाल र उपसचिव शोभा कुमारी पोखरेल छन् ।
सचिव पुष्करले सरकारी सम्पत्तिको सुरक्षा गर्न नसकेको भन्दै कोष र प्रतिष्ठानका कार्यकारी निर्देशकहरूलाई समेत स्पष्टीकरण सोधेका छन् । सरकारी सम्पत्तिको सुरक्षा गर्न नसकेको, चेन अफ कमान्डको पालना नगरेको र सुरक्षा संवेदनशिलता बेवास्ता गरेको भन्दै सचिव पुष्करले कडा स्पष्टीकरण सोधेका हुन् ।
आन्दोलको दिन गाडी चलाउने, गाडीमा सवार हुने र गाडीको व्यवस्थापन गर्ने कर्मचारीहरूलाई अर्को व्यवस्था नहुन्जेलसम्म निलम्बन गरिएको हो । श्रम मन्त्रालयले सरकारी गाडी जलाउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचारसमेत गरेको छ ।
कोषका सूचना अधिकारी तथा निर्देशक उत्तमराज नेपाल कोषको गाडीमा घर फर्किँदै थिए भने प्रतिष्ठानको गाडी महोत्तरीमा आयोजित कार्यक्रमका लागि कर्मचारीलाई विमानस्थलमा छोडेर फर्किँदै थियो । सोही क्रममा राजावादी आन्दोलनकारीहरूले आगजानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण