एकता महाधिवेशनका लागि एनआरएनए सदस्यता नवीकरणको म्याद एक साता थप
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले सदस्यता नवीकरणको म्याद १ साता थप गरेको छ ।
आइतबार संयोजक डा शेष घलेको अध्यक्षतामा बसेको समिति बैठकले मार्च ३१ मा सकिन लागेको सदस्यता दर्ता तथा नवीकरणको समयसीमा १ साता थपेर अप्रिल ७ सम्म कायम गरेको सदस्य विनोद कुँवरले जानकारी दिए ।
उनले अप्रिल ७ भित्र नयाँ सदस्यताका लागि आवेदन दिन वा सदस्यता नवीकरणका लागि आवेदन दिन सकिने भन्दै विश्वभरका गैरआवासीय नेपालीलाई सक्रिय सहभागिताका लागि आग्रह गरे ।
बैठकले एनआरएनएको सचिवालयबाट काम गर्दै आएको अर्को समूहले गैरकानुनी काम गरिरहेको जिकिर गरेको छ । एमआईएस सिस्टममा सदस्यताको भ्यालिडिटी मार्च ३१ सम्ममात्रै हुने भनेर क्यान्सिल गर्ने काम भएको भन्दै समितिले आपत्ति जनाएको छ । यसअघि समितिले एमआईएस सिस्टममा रहेका भ्यालिड मेम्बरलाई स्वीकार गर्ने निर्णय गरेको थियो ।
समितिको सोही निर्णयपछि अर्को समूहको नियन्त्रणमा रहेको सिस्टममा रहेका सदस्य मार्च ३१ सम्ममात्रै कायम गर्ने काम भएको भन्दै कुँवरले सो कार्य गलत भएको बताए ।
योसहितका कारण र कतिपयले सदस्यताका लागि थप समय माग गरेकाले हाललाई एक साता म्याद थप गर्ने निर्णय भएको कुँवरको भनाइ छ ।
साथै,एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रुपमा भाग लिने प्रयोजनका लागि डेलिगेट्स दर्ता प्रक्रिया अप्रिल १ देखि शुरु गर्ने निर्णय पनि बैठकले गरेको छ । महाधिवेशनमा डेलिगेट्सको रुपमा सहभागी हुन चाहने सबै पंजीकृत सदस्यहरुले अप्रिल २२, २०२५ सम्म डेलिगेट्स बन्नका लागि सबै प्रक्रिया पूरा गरेर १ सय अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ जम्मा गर्नु पर्ने छ ।
सर्वोच्चको परमादेशअनुसार एनआरएनएको एकता महाधिवेशन आगामी मे ३,४ र ५ मा हुने भनिएको छ । तर, घलेले गराउने एकता महाधिवेशनलाई एनआरएनएको बद्री केसी समूहले चुनौती दिँदै अक्टोबरमा नियमित महाधिवेशन तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण