कार्यक्रमकै दौरान ढलेका प्रसिद्ध गायकको मृत्यु
अंकारार । टर्कीका प्रसिद्ध गायक भोल्कान कोनाकको आकस्मिक निधनले संगीत क्षेत्रमा शोकको लहर छाएको छ। उनका प्रियजन र प्रशंसकहरूले सामाजिक सञ्जाल मार्फत उनलाई श्रद्धाञ्जली दिइरहेका छन्।
फ्यानहरूले कोनाकलाई 'उत्तरका छोरा' को रूपमा सम्झिरहेका छन्। साइप्रसमा एक संगीत कन्सर्टको क्रममा भोल्कान कोनाकको मृत्यु भएको थियो। मृत्यु हुनुभन्दा अघि, उनी अचानक बेहोस भए।
उनलाई तुरुन्तै फामागुस्टा राज्य अस्पताल लगियो। उपचारको क्रममा दिउँसो १२:४२ बजे उनलाई मृत घोषित गरिएको थियो।
- भोल्कान कोनाक को थिए?
२७ फेब्रुअरी १९६७ मा जन्मिएका भोल्कान कोनाक टर्कीका सबैभन्दा लोकप्रिय गायकहरू मध्ये एक थिए र उनलाई 'उत्तरका छोरा' भनेर पनि चिनिन्थ्यो। आफ्नो करियरमा उनले धेरै उत्कृष्ट गीतहरू गाए जसमध्ये 'सेर्रहपासा' धेरै लोकप्रिय थियो।
सन् २००६ मा रिलिज भएको उनको एल्बम 'मोरा' लाई टर्किस रेकर्डिङ प्रोड्युसर्स एसोसिएसन, एमयू-वाईएपी द्वारा गोल्ड प्लेक प्रदान गरिएको थियो। उनका यादगार एल्बमहरूमा 'इफुलिम', 'मारान्डा', 'मनोल्या' र 'दल्या' पनि समावेश छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण