बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप

हेटौंडा । बागमती प्रदेश सरकारले नयाँ वर्ष २०८२ मा ४ दिन सार्वजनिक बिदा थप्ने भएको छ । बागमती प्रदेशको सोमबार अपरान्ह मन्त्रिपरिषद बैठकले नेपाल सरकारले निर्णय गरेका बाहेक थप ४ दिन बिदा दिने भएको हो ।
प्रदेश सरकारका प्रवक्ता एव्म आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज लामिछानेका अनुसार विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदा बाहेक ४ दिनको बिदा थप गरिएको हो । उक्त निर्णयसंगै विगतमा पर्व र दिवस विषेशमा बिदा दिन मन्त्रिपरिषद बैठक बस्नुपर्ने अवस्था नरहने उनले बताए ।
उनका अनुसार प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाइजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गतेका दिन दिन बिदा दिने निर्णय भएको हो । सरकारले मन्त्रिपरिषदले गरेको उक्त निर्णय राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको चरणमा अघि बढ्नेसमेत उनले बताए ।
बागमती प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा लागु हुने उनले बताए । विगतमा प्रदेश सरकारले विभिन्न पर्व र अवसरमा ६ दिन मन्त्रिपरिषद बैठकले निर्णय गरी बिदा दिने गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
-
भारतमा बढ्दै छन् कोरोना संक्रमित
-
अमेरिका र कुवेत पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी
-
देउवालाई धनराजको कटाक्ष : रिस गरेर हुन्छ ? पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अझै बन्न सक्नुहुन्छ
-
गोबरजस्तै गन्हाउने विश्वकै सबैभन्दा ‘गन्धे चरा’
-
मानगढ खानेपानी निर्वाचन : एमालेभित्रको गुटगत प्रतिस्पर्धा (तस्बिरहरू)