भूमिगत दुर्गा प्रसाईंले भने– मैले लुक्ने ठाउँ भेटेको छु, तिमीहरूले त्यो पनि पाउँदैनौ
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् । शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनाएको आरोप लागेका प्रसाई हाल फरार रहेका छन् ।
भूमिगत बनेका उनी हाल भारत पुगिसकेको हल्ला फैलिएको सन्दर्भमा उनले आफ्नो सचिवालयको फेसबुकमार्फत नेपालमै रहेको दाबी गरेका हुन् ।
उनले आफू सिंह भएको दाबी गर्दै अहिले भावी रणनीति तयार गर्न जुटेको दाबी गरेका छन् । उनले आफूले नेपालमै लुक्ने ठाउँ भेटेको भन्दै तर नेताहरुले भविष्यमा त्यस्तो ठाउँ भेट्न नसक्ने बताएका छन् ।
उनले फेसबुकमा भनेका छन्, ‘सिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ ! दुर्गा प्रसाई सिंह नै हो ,अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो ! मैले त लुक्ने ठाउँ भेटेको छु, नेपाल मै छु, भावी रणनीति तयार गर्दैछु, तर तिमीहरूले त्यो पनि पाउँदैनौ, बुझिराख !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण