माइक्रोसफ्टले किन बन्द गर्यो सांघाईको एआई ल्याब ?
बेइजिङ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले सांघाईमा रहेको आफ्नो एआई ल्याब बन्द गरेको छ । कम्पनीले सांघाईको झाङजियाङ हाई–टेक जोनमा रहेको आईओटी न्ड एआई इन्साइडर ल्याब बन्द गरेको हो । भूराजनीतिक तनाव चर्किरहेको समयमा कम्पनीले चीनबाट आफ्नो व्यवसायबाहिर लगिरहेको छ ।
चीनमा इन्टरनेट अफ थिङ्स (ओईओटी) र कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विकासमा मद्दत गर्न कम्पनीले सांघाईमा ल्याब खोलेको थियो । ल्याब यो वर्षको सुरुमै भएको भएको ल्याबमा काम गर्ने मान्छेहरूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी)ले एउटा समाचार छापेको छ ।
एससीएमपीका रिपोर्टरहरू हालै ल्याबमा जाँदा त्यहाँ अन्धकार रहेको र कोही मान्छे नभएको बताइएको छ । ल्याबमा टाँसिएको लोगो र सबै सामानहरू झिकेर लगिएको पाइयो ।
कम्पनीले सो ल्याब २०१९ मा खोलेको थियो । पाँच वर्षसम्मको सञ्चालनमा ल्याबले सय वटा कम्पनीसँग सामेल भएका २५८ वटा परियोजनालाई टेवा दिएको थियो । ल्याबले झन्डै १० हजार मानिसलाई तालिम दिएको पनि आधिकारिक डेटाले देखाएको छ ।
२०२४ को जुनसम्ममा ल्याबले समर्थन गरेका ५० भन्दा धेरै कम्पनीले १ अर्ब ३० करोड डलर बाह्य लगानी ल्याएका थिए । तर यो वर्षको जनवरी वा फेब्रुअरीदेखि ल्याब बन्द रहेको बताइएको छ । अहिलेसम्म कम्पनीले ल्याब बन्द भएको खबरमा कुनै टिप्पणी गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण