भाटभटेनीमा ढुङ्गा हानेर राजतन्त्र फर्किँदैन, दुर्गा प्रसाईं गुन्डा नाइके हो : गुरुङ
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर नेपालमा राजतन्त्र नफर्कने बताएका छन् । आज भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै उनले राजसंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुन्डा नाइकेको संज्ञा समेत दिए ।
उनले गरेको आन्दोलनले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर राजसंस्था फर्काउन सम्भव नभएको समेत गुरुङले बताए।
राज्यले उनलाई पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको उनको भनाइ छ । उनले भने, ‘हामीले बर्सेनि ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइ बहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’
राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको उनले बताए । उनको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा गरे ।
‘मारवाडीले यस्तो गर्यो, त्यस्तो गर्यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ? मारवाडी भगाउन सम्भव छ ? देश कङ्गाल बनाउने ? दुर्गा प्रसाईँ गुन्डा नाइके हो । राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उनले भने, ‘उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुङ्गा हानेर नेपालको संविधान मेटिन्छ ? हामी बुझ्दैनौँ ? यो सबै डकैत हो ।’
राजावादी प्रदर्शनकारीले तीनकुनेमा एक जलाएका थिए भने कयौँ घरमा ढुङ्गा प्रहार गरेर क्षति पुर्याएका थिए ।
चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर प्रसाईंको नेतृत्वमा राजधानीको तीनकुने र कोटेश्वर क्षेत्रमा विध्वंश मच्चिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण