जब न्युजिल्यान्डविरुद्ध पाकिस्तानका १२ खेलाडीले ब्याटिङ गरे...
काठमाडौँ । न्युजिल्यान्ड र पाकिस्तानबिचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट बुधबार ह्यामिल्टनमा खेलियो । उक्त खेलमा घरेलु टोली न्युजिल्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई ८४ रनको फराकिलो अन्तरले हरायो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली पाकिस्तानले भने ४१.२ ओभरमै अलआउट हुनुअघि दुई सय आठ रनमात्र बनाउन सक्यो ।
यो खेलमा एउटा रमाइलो घटना भएको छ । क्रिकेटमा एक टोलीमा ११ जना खेलाडी हुन्छन् । ११ जना खेलाडीले नै ब्याटिङ गर्न पाउँछन् । तर, न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानी टोलीका १२ जना ब्याट्सम्यानले ब्याटिङ गरे ।
पाकिस्तानका पहिलोदेखि पाँचौँ नम्बरसम्मका ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नवौँ नम्बरमा क्रिज समाल्न आएका ह्यारिस रउफ तीन रनमा खेलिरहँदा रिटायर्ड हर्ट अर्थात घाइते भएर पेभेलियन फर्किएका थिए । पाकिस्तानले जवाफी ब्याटिङ गरिरहँदा २५ औँ ओभर बलिङ गर्ने जिम्मा न्युजिल्यान्डका बलर विलियम ओ’रुर्कले पाएका थिए । सोही ओभरको चौथो बल तिब्रगतिमा ह्यारिस रउफको हेलमेटमा बज्रिन पुगेको थियो ।
त्यसपछि चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरेका थिए । त्यसपछि चिकित्सकको सल्लाहमा उनी रिटायर्ड हर्ट हुँदै पेभेलियन फर्किएका थिए । त्यसपछि आकिफ जावेद ब्याटिङ गर्न आएका थिए । उनी पनि २८.२ ओभरमा ज्याक डफीको बलमा आउट भए । त्यसपछि रिटायर्ड हर्ट भएका ह्यारिस रउफको स्थानमा परिवर्तित खेलाडीका रुपमा नसिम शाह ब्याटिङ गर्न आए । उनले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा चार छक्का र चार चौकाको मद्दतले ५१ रन बनाएका थिए ।
क्रिकेटको नियम अनुसार, खेलका क्रममा यदि कुनै खेलाडी गम्भीर घाइते भएर खेल्न नसक्ने अवस्थामा पुगेमा त्यस्तो खेलाडीको स्थानमा परिवर्तित खेलाडीलाई खेलाउन सकिन्छ । त्यसअघि चिकित्सकले खेलाडीको स्वास्थ्य परीक्षण गरेर उनी खेल्न नसक्ने अवस्थामा रहेको पुष्टी गर्नुपर्ने हुन्छ ।
तर, यसरी घाइते खेलाडीको स्थानमा अर्का परिवर्तित खेलाडीलाई मैदानमा उतार्दा घाइते हुने खेलाडी बलर भए परिवर्तित खेलाडी पनि बलर नै हुनुपर्छ । यदि घाइते हुने खेलाडी ब्याट्सम्यान भए परिवर्तित खेलाडी पनि ब्याट्सम्यान नै हुनुपर्छ । यस सम्बन्धि सम्पूर्ण निर्णय अम्पायरले लिने गर्छन् । अम्पायरको निर्णयविरुद्ध कसैले पनि उजुरी गर्न पाउँदैन ।
बुधबार खेलिएको न्युजिल्यान्डविरुद्धको खेलमा पाकिस्तानी टोलीबाट अब्दुल्लाह सफिक, ईमाम–उल–हक, बाबर आजम, मोहम्मद रिजवान (कप्तान), सलमान अघा, तैयब ताहिर, फाहिम असरफ, मोहम्मद वसिम, ह्यारिस रउफ, अकिफ जावेद, नसिम शाह र सुफियान मुकिमले ब्याटिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण