गृहमन्त्रीले शुक्रबार राज्यव्यवस्था समितिमा तीनकुने घटनाबारे जानकारी गराउने
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा गत १५ गते भएको हिंसात्मक घटनाबारे जानकारी गराउने भएका छन् ।
चैत २२ गते ११ बजे बस्ने समिति बैठकमा नितकुने घटनाबारे जानकारी दिन गृहमन्त्री लेखकलाई निम्त्याइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
आज बसेको समिति बैठकमा सांसदहरू राप्रपाका सांसद बुद्धिमान तामाङ, नेकपा एमालेका सांसद राजेन्द्र राईलगायतले तिनकुने घटनाबारे सरकारका तर्फबाट गृहमन्त्रीलाई जवाफ दिन बोलाउनुपर्ने माग गरेका थिए । त्यसपछि समिति सभापति खतिवडाले २२ गते बस्ने बैठकमा बोलाउने निर्णय गरेका हुन् ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनको क्रममा २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीले निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्दा करोडौको क्षति भएको थियो ।
घटनाबारे गृहमन्त्री लेखकले मंगलबारको प्रतिनिधिसभा बैठकमा सदनमा जानकारी गराउन खोजे पनि राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि बैठक शोक प्रस्ताव पारित गरेर टुङ्गिएको थियो । गतराति १२ बजेबाट सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण