राजश्व अनुसन्धानले पत्ता लगायो २५ करोडको वास्तविक मालिक, पक्राउ गर्न प्रहरीलाई पत्राचार
काठमाडौँ । राजश्व अनुसन्धान विभागले चीनतर्फ निकासी हुन लागेका २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको वास्तविक मालिक पत्ता लगाएको छ ।
विभागको जासुसी तथा विज्ञ टोलीले सीसीटिभी फुटेज, डिजिटल डिभाइस, बैङ्क कारोबार तथा सीडीआर विश्लेषण गरेर वास्तविक मालिक पहिचान गरेको विभागको महानिर्देशक चण्डीप्रसाद घिमिरेले जानकारी दिए ।
महानिर्देशक घिमिरेका अनुसार यो मुद्राको वास्तविक मालिक सिन्धुपाल्चोक भोटेकोसी ४ स्थायी घर भई काठमाडौं महादेवटार हाइट बस्ने नारायण पौडेल रहेका छन् ।
यसअघि गत चैत्र ४ गते राति ११ बजे प्रहरीले काठमाडौँका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५ करोड रुपैयाँ बरामद गरेको थियो ।
अमेरिकी डलर, युरो लगायतका मुद्राहरू रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । सो क्रममा ट्रकका चालक सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षी कुसाङ लामा पक्राउ परेका थिए ।
उनको साथमा अमेरिकी डलर १ सय दरका नोटहरू ३ हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरू १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, ४८०, युरो सय दरका थान ४ हजार १४८, युरो ५० दरका थान १७ हजार १७७ र मोबाइल २ थान बरामद गरिएको थियो । मालिक पत्ता लगाएसँगै अदालतबाट पक्राउ पुर्जी लिई उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण