टिजर आउने बित्तिकै भारतमा चर्कियो फवाद खानको ‘अबिर गुलाल’ को विरोध
नयाँ दिल्ली । पाकिस्तानी अभिनेता फवाद खान लामो समयपछि ‘अबिर गुलाल’ फिल्ममार्फत भारतीय फिल्म उद्योगमा पुनरागमन गर्दैछन् । यो फिल्ममा उनले अभिनेत्री वाणी कपूरसँग स्क्रिन सेयर गरेका छन् ।
फिल्मको टिजर अप्रिल १ मा रिलिज गरिएको थियो । फिल्म रिलिज हुनुभन्दा अगाडि नै भारतमा यसको विरोध भइरहेको थियो । यसको कारण फिल्ममा पाकिस्तानी अभिनेता फवाद खानको उपस्थिति हो । राज ठाकरेको पार्टी मनसेले भारतमा यसको रिलिजको विरोध गरिरहेको छ ।
ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेना (मनसे)ले फिल्मको रिलिजमा आपत्ति जनाएको छ । कारण यो फिल्ममा पाकिस्तानी अभिनेता फवाद खानको उपस्थिति हो ।
उनीहरूले यो फिल्मको रिलिजको विरोध गर्ने बताएका थिए । मनसेको सिनेमा शाखाका अध्यक्ष अमेय खोपकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्ट सेयर गर्दै पार्टीले पाकिस्तानी कलाकार भएका फिल्महरू भारतमा रिलिज हुन नदिने कुरा धेरै पटक भने पनि केही ‘सडेको आँप’ निस्कन्छन् भनेका छन् ।
मनसे कार्यकर्ताहरूले तिनीहरूलाई फोहोरको टोकरीमा फाल्ने काम गर्नुपर्ने र आफूहरुले त्यसो गरिरहने पनि खोपकरले बताए । आफूहरूले महाराष्ट्रमा अबिर गुलाल रिलिज हुन नदिने पनि उनले पोष्टमा लेखेका छन् । पाकिस्तानी कलाकारहरूलाई खुसी पार्न चाहनेहरूले त्यसो गर्न सक्छन्, तर यस्तो चाहनले मनसे कार्यकर्ताको सामना गर्नु पर्ने पनि भनिएको छ ।
मे ९ मा अबिर गुलाल रिलिज
अबिर गुलाल मे ९ मा सिनेमाघरहरूमा रिलिज हुँदैछ । यो फिल्म आरती एस. बागडीले निर्देशन गरेकी हुन् । फवाद खानको कुरा गर्नुपर्दा उनी पाकिस्तानको फिल्म र टिभी क्षेत्रका चर्चित अभिनेता हुन् ।
उनले २०१६ मा कपूर एण्ड सन्सबाट बलिउडमा डेब्यू गरेका थिए । सोही वर्ष उनी धर्मा प्रोडक्सनमा बनेको रणवीर कपूरको फिल्म ‘ए दिल है मुश्किल’मा पनि देखिएका थिए । फवाद लगभग आठ वर्षपछि भारतीय सिनेमामा पुनरागमन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण