कोटेश्वरमा रेविका र दिनेशलाई गोली लागेको हो : प्रहरी
काठमाडौँ । प्रहरीले उदयपुरकी २२ वर्षीया रेविका र २४ वर्षीय दिनेश खत्रीलाई प्रहरीले चलाएको गोली लागेको बताएको छ । प्रहरीले चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको घटनाबारे जानकारी दिन आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नायब महानिरीक्षक (डीआईजीपी) दिनेश आचार्यले प्रहरीले चलाएको गोली दिनेश र रेविकालाई लागेको बताएका हुन् ।
पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता आचार्यले भने, ‘कोटेश्वरको भाटभटेनी अगाडिको घटना हो । कोटेश्वरको भाटभटेनीमा ठुलो लुटपाटको घटना भएको थियो । त्यहाँ ठुलो मात्रामा मानिसहरू जम्मा भएका थिए । त्यही नजिकै गाडी जलाउन थालिएपछि रोक्नलाई प्रहरीले गोली चलाएको अवस्था हो । उहाँहरूको तिघ्रामुनि गोली लागेको अवस्था छ । उपचार भइरहेको छ ।’
उनीहरू कोटेश्वरको एसओएस क्षेत्र पछाडि शंकरमार्ग डेरा गरेर बस्थे । अफिसबाट घर जान लागेकी रेविकालाई लिन आएका दिनेश र उनलाई कोठा नजिकै पुग्दा गोली लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण