‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
काठमाडौंँ । फिल्म ‘नरसिंहा अवतार’ले फिल्म प्रचारका लागि ६० फिट लामो पोस्टर तयार गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पोष्टरसमेत सार्वजनिक गरियो ।
फिल्मको पोस्टर देखेर फिल्मका अभिनेता राजेश हमाल आफैं चकित बने । उनले भने आफ्नो फिल्मी करिअरमा यति ठुलो पोस्टर अहिलेसम्म देखेको छैन ।
निर्माण पक्षले फिल्मको यति ठूलो पोस्टर किन बनायो रु राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएकाले पनि केही नयाँ गर्ने सोचले यो पोस्टर बनाएको निर्माण युनिट बताउँछ । ‘फिल्ममा दर्शकको ध्यान तान्न केही नयाँ गर्नुपर्छ’, निर्देशक दीवाकर भट्टराई भन्छन् ‘पोष्टर मार्फत फिल्म पनि केही नयाँ र विशेष छ भन्ने संकेत गरेको हो ।’
भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, दीपा शाही लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण