भारतमा लडाकु विमान दुर्घटना

गुजरात । भारतको गुजरातमा जामनगरनजिक बुधबार राति एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। यो घटना कलावड रोडको सुवर्दा गाउँ नजिकै भएको हो। दुर्घटनास्थलबाट आगो र धुवाँको मुस्लो देखिएको छ।
दुर्घटनास्थलमा गाउँलेहरू पुगेका छन् । हालसम्म विमानमा कति जना पाइलट थिए र कस्तो प्रकारको विमान थियो भन्ने बारेमा जानकारी खुलाइएको छैन। समाचार एजेन्सी एएनआईले सैनिक स्रोतलाई उद्धृत गर्दै यो ज्यागुअर लडाकु विमान भएको बताएको छ ।
यसअघि मार्च ७ मा हरियाणाको पंचकुलामा प्राविधिक गडबडीका कारण वायुसेनाको ज्यागुअर लडाकु विमान नै दुर्घटनाग्रस्त भएको थियो। लडाकु विमान अम्बाला एयरबेसबाट प्रशिक्षणका लागि उडेको थियो।
यस दुर्घटनामा पाइलट सुरक्षित रूपमा जेटबाट बाहिर निस्कन सफल भए। सोही दिन, रुसी मूलको भारतीय वायुसेनाको एन–३२ परिवहन विमान पश्चिम बंगालको बागडोग्रामा अवतरण गरेपछि दुर्घटनाग्रस्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?