लिभरपुल प्रिमियर लिगको उपाधि नजिक, आर्सनलसँग १२ अंकको अग्रता
काठमाडौं । लिभरपुल इंग्लिश प्रिमियर लिग फुटबलको उपाधि पुगेको छ । बुधबार राती भएको खेलमा एभर्टनलाई हराएसँगै लिभरपुलले निकट प्रतिस्पर्धी आर्सनलमाथि १२ अंकको अग्रता कायम गर्दै उपाधि नजिक पुगेको हो ।
बुधबार राती घरेलु मैदानमा लिभरपुललाई जिताउन डिएको जोटाले निर्णायक गोल गरे । लिगमा ३० औं चरणको खेल चलिरहँदा लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग १२ अंकको दुरी कायम गरेको छ । समान ३० खेलबाट लिभरपुलको ७३ अंक हुँदा आर्सनलको ६१ अंक छ ।
बुधबार राती नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले लेस्टर सिटीलाई २-० ले हरायो । म्यान्सिटीलाई जिताउन ज्याक ग्रिलिश र उमर मर्मूशले एक-एक गोल गरे ।
यस्तै, एस्टन भिल्लाले ब्राइटनलाई ३-०, इप्सविच टाउनले बर्नमथलाई २-१ र न्यूक्यासल युनाइटेडले ब्रेन्टर्फार्डलाई २-१ ले नै हराउँदा साउथ ह्याम्पटन र क्रिष्टल प्यालेसले १-१ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण