फेनरबाचका प्रशिक्षक मोउरिन्होले आफ्ना प्रशिक्षकको नाक समाएर तानेको गालातसोरेको आरोप
काठमाडौँ । टर्किस कप फुटबल प्रतियोगिताका क्रममा फेनरबाचका प्रशिक्षक होजे मोउरिन्होले आफ्ना प्रशिक्षक ओकान बुरुकमाथि भौतिक आक्रमण गरेको आरोप गालातसारेले लगाएको छ । उक्त ‘डर्बी’ भिडन्त शुक्रु साराकोग्लु स्टेडियममा खेलाइएको थियो ।
फेनरबाचका प्रशिक्षक मोउरिन्होले आफ्ना प्रशिक्षक ओकानको नाकमा समाएर तानेको आरोप पनि गालातसारेले लगाएको छ । उक्त क्वार्टरफाइनल खेलमा गालातसारेले फेनरबाचमाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो ।
खेल सकिएलगत्तै यो घटना भएको समाचारमा जनाइएको छ । खेल सकिएपछि दुबै टोलीका प्रशिक्षक मैदानमा खेल अधिकारीहरुसँग कुराकानी गरिरहेका थिए । सोही क्रममा मोउरिन्होले पछाडिबाट आफ्नो प्रशिक्षक ओकानको नाक समाएर तानेको आरोप गालातसारेले लगाएको छ ।
मोउरिन्होले नाकमा समाएर तानेपछि ओकान हातले अनुहार छोपेर भुइँमा लडेका थिए । ‘खेल सकिएपछि दुबै टोलीका प्रशिक्षकले रेफ्रीलाई धन्यवाद दिए । लगत्तै मोउरिन्होले हाम्रा प्रशिक्षकलाई सुरुमा मौखिक र त्यसपछि शारीरिक रुपमा आक्रमण गरे,’ गालातसारेका उपाध्यक्ष मेटिन ओजटर्कले भनेका छन् ।
उपाध्यक्ष मेटिन ओजटर्कले टर्की फुटबल महासंघले भन्दा पहिले फेनरबाचे आफैले आफ्ना प्रशिक्षक मोउरिन्होलाई कारवाही गर्ने विश्वास पनि व्यक्त गरेका छन् । प्रशिक्षक ओकानले भने यो विषयलाई खासै महत्व दिएका छैनन् । ‘म र मोउरिन्होबिच केही भएको थिएन,’ खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण