नयाँ हाजिरी रजिस्ट्रर खडा गरेर गुरागाईंले गरे महानगरमा हाजिर
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा जिम्मेवारी सम्हाल्न पुगेका प्रमुख प्रशासकीय सरोज गुरागाईंले नयाँ हाजिरी रजिस्ट्रर खडा गरेर हाजिर गरेका छन् ।
जनप्रतिनिधि र कर्मचारीको सहयोगमा कार्यालय पुगेका गुरागाईं कार्यकक्षमा लागेको ताला फोडेर भित्र पसेका थिए । जनप्रतिनिधि र कर्मचारीको सहयोगमा महानगर प्रहरीको अवरोध छिचोल्दै गुरागाईँ कार्यकक्षमा पुगे पनि महानगरको हाजिरी रजिस्ट्रर मेयर बालेन शाहले राखेका थिए । उपप्रमुखसहितका जनप्रतिनिधि र कर्मचारीहरूसहित गुरागाईँ महानगर पुग्दा बालेन शाह भने थिएनन् ।
‘पुरानो हाजिरी रजिस्ट्रर मेयर सापले राखेकाले नयाँ हाजिरी रजिस्ट्रार खडा गरेर प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्नुभएको छ’, महानगर स्रोतको भनाइ छ ।
यसअघि मेयर बालेन शाहले पुरानो बसपार्कको काठमाडौँ टावर निर्माण अनुमति दिँदा अनियमितता गरेको भन्दै गुरागाईंलाई निलम्बन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण