कुमारीपाटी जावलाखेल सडक महोत्सव शुक्रबारदेखि
बिहीबार, २१ चैत २०८१, १४ : ५५
ललितपुर । ललितपुरको कुमारीपाटी–जावलाखेलमा शुक्रबारदेखि चैत २३ गतेसम्म सडक महोत्सव हुने भएको छ । स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्न कुमारीपाटी जावलाखेल विकास संस्था र ललितपुर महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा महोत्सवको आयोजना गरेको हो ।
स्थानीय कला, संस्कृतिको संरक्षणका साथै पर्यटन प्रवर्द्धनका लागि नौ वर्षपछि कुमारीपाटी–जावलाखेल खण्डमा महोत्सवको आयोजना गर्न लागिएको ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेकाले भोलि दिउँसो १ बजे बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आथित्यतामा उद्घाटन गरिनेसडक महोत्सवका संयोजक वीरेन्द्र शाक्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण