सर्च कमिटीको दोस्रो बैठक बसेर सूचना निकाल्ने तयारी
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगका पदाधिकारी छनोटका लागि गठित ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सूचना निकाल्ने तयारी गरेको छ ।
सिफारिस समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी पाएअनुसार ती पदहरूमा आवेदनका लिन सूचना निकाल्ने तयारी गरेको हो ।
समितिको पहिलो बैठक आइतबार बसेको थियो । उक्त बैठकले समितिको प्रवक्ताको जिम्मेवारी डा. लिली थापालाई दिएको थियो ।
मन्त्रिपरिषद्को चैत ११ को बैठकले सिफारिस समिति गठन गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ को उपदफा ३ बमोजिम सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश मिश्र नेतृत्वमा सिफारिस समितिलाई जिम्मेवारी दिएको थियो । सिफारिस समितिको दोस्रो बैठक बसेर कार्यविधि लगायतमा समेत छलफल गरी सूचना निकाल्ने तयारी गरेको प्रवक्ता थापाले बताइन् ।
‘समितिको पहिलो बैठक बसेको छ । पहिलो बैठकमा धेरै विषयमा छलफल हुन पाएन’, थापाले भनिन् ‘अव अर्को बैठक चाँडै (भोली पर्सी) भित्र बसेर कार्यविधिको टुङ्गो लगाउने र सूचना निकालेर थप काम अघि बढाउने तयारी भइरहेको छ ।’ उनले दुई महिनाभित्र समितिले आफ्नो काम पुरा गर्ने गरी तयारीहरू भइरहेको पनि बताइन् । समितिका अर्का सदस्य खम्बबहादुर खातीले पनि चाडै अर्को बैठक बसेर अन्य प्रक्रिया अघि बढ्ने बताए ।
‘चाँडै अर्को बैठक बस्ने कुरा छ तर अहिलेसम्म बैठक बस्ने सूचना आइसकेको छैन’, खातीले रातोपाटीसँग भने, ‘एक दुई दिनभित्र दोस्रो बैठक बस्छ र थप निर्णयहरू गर्छ ।’
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित समितिमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट डा. लिली थापालाई सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण