एमआरपी राख्ने भनेपछि छलफलबाट उठेर हिँडे उद्योगी
काठमाडौँ । एमआरपी (अधिकतम खुद्रा मूल्य) राख्ने विषयको छलफलमा रहेका उद्योगीहरू उठेर हिँडेपछि विभागले फ्याक्ट्री गेट प्राइस (एफजीपी) राख्ने सूचना जारी गरेको छ ।
बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिमेन्ट र फलामे छड उद्योगीसँग एमआरपी राख्ने विषयमा छलफल थियो । छलफलमा निष्कर्षमा नपुगी उद्योगीहरू उठेर हिँडेपछि फ्याक्ट्री गेट प्राइस राख्नेबारे विभागले सूचना निकाल्न परेको विभागका वरिष्ठ अधिकृत अमित झाले जानकारी दिए ।
‘सिमेन्ट र छडमा एमआरपी राख्न सम्भव छैन जस्तो कुरा गर्नुभयो । हामीले मूल्य त राख्नै पर्छ भनेपछि उहाँहरू निष्कर्षमा नपुगी निस्किनुभयो,’ उनले भने, ‘उहाँहरूले ढुवानी जोड्नुपर्ने विषयमा कुरा गरिराख्नुभएको थियो । ढुवानी त ठाउँअनुसार फरक फरक पर्छ । त्यसैले उद्योगीले फ्याक्ट्री गेट प्राइस राख्नुपर्ने भन्दै सूचना निकालेका छौँ ।’
विभागले बुधबार जारी गरेको सूचनामा उत्पादित सिमेन्टको प्याकेट तथा फलामे डन्डीको बन्डलमा उत्पादकले अनिवार्य फ्याक्ट्री गेट प्राइस (एफजीपी) राख्नुपर्ने उल्लेख गरेको छ । साथै डिलर बिक्रेताले बिक्री गर्ने वस्तुको अनिवार्य रूपमा ब्रान्डसहित एमआरपी सूची सर्वसाधारण उपभोक्ताले बुझ्ने गरी अंग्रेजी वा नेपाली भाषामा लेखी बिक्री वितरणसमेत गर्न विभागले सूचनामार्फत निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण