वीरगञ्जबाट २२० ग्राम ब्राउनसुगरसहित चार भारतीय पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित चार भारतीयलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको रजतजयन्ती चोकबाट २२० ग्राम ब्राउनसुगरसहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिहार रक्सौल निवासी अमित कुमार श्रीवास्तव, किसन कुमार, सुधीर कुमार कुशवाहा र राजाकुमार यादव रहेका छन् ।
विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा प्रहरीले भारतीय नम्बरको स्कारपियोसहित चारै जनालाई पक्राउ गरेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार प्रहरीले उनीहरुको साथबाट बीआर ०६ बीई ०००७ नम्बरको स्कारपियो बरामद गरेको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । चारै जनामाथि लागु औषध मुद्दामा अदालतबाट पाँच दिनको म्यादसमेत थप भइसकेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण