प्रतिबन्धित लागू औषधसहित विमानस्थलमा पक्राउ परे क्रिकेटर निकोलस कीर्तन
काठमाडौँ । क्यानडाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान निकोलस कीर्तन पक्राउ गरेका छन् । उनी प्रतिबन्धित लागू औषधसहित पक्राउ परेको समाचारमा जनाइएको छ ।
जमैका ग्लिनरमा प्रकाशित समाचार अनुसार, निकोलस कीर्तनलाई ठुलो मात्रामा प्रतिबन्धित लागू औषधसहित बार्बाडसस्थित ग्रन्ट्ली एडम्स अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
कीर्तनले २० पाउण्ड (करिब नौ किलोग्राम) गाँजा बोकेका थिए । भुलवस ५६ ग्रामसम्म गाँजा साथमा राख्नु आपराधिक कार्य मानिदैन । तर, निकोलस कीर्तनले अनुमति दिइएको सीमाभन्दा करिब एक सय ६० गुना बढी गाँजा बोकेका थिए ।
निकोलस कीर्तनको जन्म बार्बाडसमा भएको हो । उनले बार्बाडसका लागि यू–१७ र यू–१९ टोलीबाट लामो समय क्रिकेट पनि खेलेका थिए । उनी वेस्ट इन्डिजको यू–१९ टोलीमा पनि परेका थिए । तर, उनले वेस्ट इन्डिजका लागि खेल्ने अवसर भने पाएका थिएनन् ।
निकोलस कीर्तनकी आमा भने क्यानडाकी हुन् । सोही कारणले उनले क्यानडाको राष्ट्रिय टोलीबाट पनि खेल्ने अवसर पाएका हुन् । क्यानडाले निकट भविष्यमा बहामस, बर्मुडा, अमेरिका र कायमन आइल्यान्ड्ससँग उत्तर अमेरिका कप खेल्ने कार्यक्रम छ ।
तर, गम्भीर अपराधमा पक्राउ परेपछि उक्त प्रतियोगितामा कीर्तनको सहभागिता पनि अनिश्चित बनेको छ । प्रतियोगिता अप्रिल १८ तारिखदेखि सुरु हुँदै छ । क्रिकेट क्यानडाले यस विषयमा आफूहरूले पनि छानबिन गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण